Breaking News

माओवादी केन्द्रका अध्यक्ष दाहाल गृहजिल्ला चितवनमा, दुई कार्यक्रममा सहभागि हुने

Banner

चितवन, चैत २५–

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन आईपुगेका छन् ।

विभिन्न कार्यक्रममा सहभागि हुन अध्यक्ष दाहाल दिउँसो गृहजिल्ला चितवन आइपुगेका हुन् । उनी केहीबेरमा सुरु हुने भरतपुर अस्पतालको वार्षिकोत्सव समारोहका समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै सो कार्यक्रमपछि पूर्वी चितवनको खैरहनीमा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

यस्तै अध्यक्ष दाहाल भोलि विहान प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुन लागेको भरतपुर साईक्लिङ म्याराथनको उद्घाटन गर्नेछन् । अध्यक्ष दाहाल पछिल्लो १५ दिनमा गृहजिल्ला चितवन ४ पटक आईसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>