चितवन विशेष

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा भरतपुरमा भोलि साइक्लिङ म्याराथन हुने

Banner

चितवन,चैत २५-

चितवनको भरतपुरमा भोलि (शनिवार) साइक्लिङ म्याराथन हुने भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठान र वागमती प्रदेश खेलकुद विकास परिषदको साझेदारीमा म्याराथन हुन लागेको हो ।

प्रतियोगिताका संयोजक सन्तकुमार दरैका अनुसार नारायणी नदी किनार नारायणगढबाट सुरु हुने साइक्लिङ प्रतियोगिताको तयारी पुरा भएको छ । बिहान ७ बजेबाट सुरु हुने प्रतियोगिता ९ बजे समापन गरिनेछ । आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितामा ६५ किमीको साइक्लिङ यात्रा हुने जानकारी दिइएको छ ।

नारायणी किनारबाट सुरु भएको साइक्लिङ यात्रा गीतानगर, पार्वतीपुर, अमृतचोक, मेघौली हुँदै ज्योतिनगर, सिमरी टाउन, राधाकृष्ण टोल, घनघने चोक, सानोगढी हुँदै शिवघाटबाट नारायणी नदी किनारमै आएर समापन हुने साइक्लिङ एसोसिएसनका उपाध्यक्ष सुदीप पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्राप्त हुने सहयोग रकमले क्यान्सर पीडीत तथा समाजका विपन्न,उपेक्षित उत्पीडीत समुदायलाई सहयोग गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट भएका १० जनालाई ४५ हजारदेखि ५ हजारसम्म नगदसहितका पुरस्कार प्रदान गरिनेछ । माउन्टेन साइकल भएका १९ वर्षमाथिका जोकोहीले यस प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । यस्तो प्रतियोगिता चितवनमा पहिलोपटक आयोजना हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगिहरुलाई उमेर समूहका आधारमा विभाजन गरिएको छ । एउटै प्रतियोगितामा १९ देखि ३० बर्ष, ३० देखि ५० बर्ष र ५० बर्ष माथिका प्रतियोगिहरुका लागि बेल्लाबेग्लै विधा समावेश गरिएको छ ।

प्रज्ञा स्मृति प्रतिष्ठानकी अध्यक्ष भरतपुर महानगर प्रमुख रेनु दाहालले दिदी ज्ञानु दाहाल र भाई प्रकाश दाहालको स्मृतिमा प्रज्ञा स्मृति प्रतिष्ठान गठन गरिएको र सोही प्रतिष्ठानले सामाजिक सेवाका काम गर्ने बताउनुभयो । उहाँले भरतपुरलाई साइकल सिटीको रुपमा चिनाउन नितान्त सेवाको भावनाबाट साइक्लिङ प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले भरतपुरलाई खेल पर्यटनको रुपमा समेत विकास गर्न सकिने धारणा राख्नुभयो । भरतपुरलाई साइक्लिङ सहरको रुपमा विकास गर्ने योजना रहेको दाहालले बताउनुभयो ।

प्रतियोगिताको माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । अध्यक्ष दाहाल की जेठी छोरी ज्ञानु दाहालको क्यान्सर तथा छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएको थियो । दुवैको स्मृतिमा सामाजिक सेवा गर्ने उदेश्यले फाउण्डेशन स्थापना गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>