चितवन विशेष

साहित्यका धरोहर नन्दनलाई स्वास्थ्यलाभको कामना

Banner

चितवन, चैत २४–

नेपाली कला, साहित्यका धरोहर चितवन निवासी प्रेमविनोद नन्दन अस्वस्थ भएका छन् ।

नारायणी कलामन्दिरका मानार्थ सदस्य, एवं पूर्वअध्यक्ष समेत रहेका नन्दन अस्वस्थ भएपछि उनलाई स्वास्थ्यलाभको कामना गरिएको छ । कलामन्दिरका अध्यक्ष सुबिर श्रेष्ठले बिहीबार एक विज्ञप्ती जारी गर्दै नन्दनको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

नारायणी कला मन्दिर, नारायणगढको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली भाषा र साहित्यका अथक यात्री नन्दन कलामन्दिरका पूर्व अध्यक्ष मात्र नभई संस्था सञ्चालनका सफल सुत्रधार पनि हुन्। वाद्य वादनमा राम्रो दख्खल राख्ने नन्दनले अनेकौं कर्णप्रिय सार्थक गीतहरू सिर्जना गरेर, गीति नाट्यहरू मञ्चन गर्ने अबसर खोजेर नृत्य तथा अभिनयको क्षेत्रमा कला मन्दिरलाई निरन्तर सहयोग उपलब्ध गराउँदै आएका छन् ।

हाल स्वास्थ्यको कारणले सल्लाह, सुझाव र सक्रियतामा आएको कमिले नारायणी कला मन्दिर परिवार एकाङ्गी भएको विज्ञप्तीमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>