चितवन विशेष
भरतपुरको मेयरमा नेपाली कांग्रेसका नेता अधिकारीको दावी

चितवन, चैत २४–
नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता रामप्रसाद अधिकारीले आसन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा दाबेदारी प्रस्तुत गरेका छन् ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय उपसभापति भएर काम गरिसकेका अधिकारी एक इमानदार र कुशल संगठनकर्ताको छवी बनाएका नेता हुन् । उनी विगत केहि वर्षदेखि जिल्ला केन्द्रित राजनीतिमा क्रियाशील छन् । भरतपुरमा दिर्घकालिकालिन ढंगले विकास गर्नका लागि आफ्नो मेयरमा दावी रहेको बताए । कांग्रेसलाई बलियो बनाउँदै भरतपुरको मुहार फेर्न आफू मेयरमा उम्मेद्वारी दिने तयारीमा रहेको बताए ।
युवा नेता अधिकारी लामो समय नेविसंघको केन्द्रीय कार्यालयमा रहेका २०६२–६३ सालको आन्दोलन परिचालन गर्ने कुशल व्यवस्थापक समेत हुन् । उनको केन्द्रीय नेताहरुसंग राम्रो सम्बन्ध रहेको छ । सोही कारण आफूले केन्द्रको सहयोगमा धेरै राम्रा कामहरु गर्न सकिने दावी गरे ।
नेता अधिकारी २०७३ मा नेविसंघको केन्द्रीय उपसभापतिमा निर्वाचित भएका थिए । प्रदीप पौडेल नेविसंघ सभापति हुँदा उनी प्रवक्ता थिए । हालका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सभापति हुँदा अधिकारी केन्द्रीय सदस्य थिए ।


























