Breaking News

कांग्रेस चितवनले रामचन्द्र पौडेललाई बुझायो जिल्लाको निर्णय, भरतपुरको मेयर नछाड्ने अडान

Banner

चितवन, चैत २४–

सत्तागठबन्धन दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेसंगै नेपाली कांग्रेस चितवनले भरतपुरको मेयर आफूले पाउनु पर्ने अडानलाई केन्द्रसम्म पुर्‍याएको छ ।

आज जिल्ला नेतृत्वको टोली आज काठमाडौँ पुगेर कांग्रेसका वरिष्ठ नेता एवं सत्तारुढ गठबन्धनले निर्माण गरेको स्थानीय तह चुनाव केन्द्रित तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेललाई कांग्रेस चितवनले गरेको निर्णय बुझाएको छ । जिल्ला सभापति राजेश्वर खनालले सो निर्णय नेता पौडेललाई बुझाएका छन् ।

जिल्लाको निर्णय बुझाउन कांग्रेस केन्द्रीय सदस्यद्धय टेकप्रसाद गुरुङ, दिनेश कोइराला, कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, पूर्वसांसद जगन्नाथ जगन्नात पौडेललगायतको टोली काठमाडौँ पुगेको हो । निवर्तमान सभापति श्रेष्ठले भरतपुर महानगरपालिकाको मेयर नछाड्ने जिल्लाको निर्णय नेता पौडेललाई बुझाएको जानकारी दिए । ‘हामी काठमाडौँमा उपलब्ध नेताहरु पौडेलसंग भेट गरेर जिल्लाको निर्णय बुझाएका छौं, भरतपुरको मेयर नछाड्ने हाम्रो अडान सुनाएका छौं’–श्रेष्ठले भने ।

उनका अनुसार वरिष्ठ नेता पौडेल चितवनको निर्णय प्रति सकरात्मक देखिएका छन् । चितवनको निर्णयलाई गम्भिरताका साथ लिदै नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संग कुरा राख्ने बचन दिएको श्रेष्ठले बताए । चितवनको आवश्यकता र औचित्यको आधारमा पनि भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने माग जोडदारसंग उठाईएकाले जिल्लाको निर्णयप्रति सकरात्मक जवाफ आउनेमा विश्वस्त छ ।

डेलिगेशन टोली आजै कांग्रेसका अन्य पदाधिकारीसंग भेट गर्दैछ भने प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासंग पनि भेट गर्ने तयारी गरको छ । कांग्रेस चितवनले केहीदिन अघि भरतपुरको मेयर नछाड्ने गरि गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेको थियो । साथै भरतपुरको मेयर नपाए गठबन्धन तोडेर एक्लै निर्वाचनमा होमिने समेत निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>