Breaking News

दुई वर्षपछि चितवनको विक्रमबाबा मेला, भक्तजनको घुइँचो

Banner

चितवन, चैत २३-

दुई वर्षपछि लागेको विक्रम बाबा मेलामा भक्तजनको घुइँचो लागेको छ ।

कोरोनाका कारण गएको दुई वर्ष रोकिएको मेला यस वर्ष चैत १८ गतेदेखि सुरु भएको होे ।

बिक्रमबाबा मेला भर्न नेपालका विभिन्न जिल्ला र छिमेकी देश भारतबाट पनि भक्तजनहरु आउने गरेका छन् । बिक्रमबाबा मेला चैते दसैँको अवसर पारेर लाग्ने गर्छ । यस वर्ष पनि वैशाख ३ गते पूर्णिमासम्म मेला लाग्नेछ । बिक्रमबाबाको पूजाको सुरुवात परापूर्व कालदेखि थारुजातिले गरेको भए पनि पछिल्लो समय अन्य जातजातिहरुको पनि आस्था विक्रम बाबामा छ । बिक्रम बाबामा मागेको हरेक मनकामना पूरा भएको माडीकी तिलकुमारी विकको भनाइ छ ।

विक्रमबाबामा भाकल पूरा भएपछि यही अवसर पारेर राँगा, बोका र परेवाको बली चढाउने समेत प्रचलन छ । दुई वर्ष आगाडि मागेको भाकल पूरा भएपछि बोका बली दिन आएको मनोज सेन्चुरीले बताए । विशेष गरेर सन्तान प्राप्तिका लागि भाकल गरिने गरेको घैलाघारी सामुदायिक वन कार्यालय व्यवस्थापन सदस्य सकुन्तला ढकालले जानकारी दिइन् ।

पूर्वपश्चिम राजमार्गको भरतपुर चौबिसकोठीबाट झण्डै ४५ मिनेटको दूरीमा विक्रम बाबा पुग्न सकिन्छ । मन्दिरमा पूजा गर्नका लागि बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ । साँझ ५ बजेपछि जंगली जनावारको चहलपहल हुने भएकाले सो समय निर्धाारण गरिएको हो । मेलाका लागि केरुङ्गा उपभोक्ता समिति, पटिहानी उपभोक्ता समिति र घैलाघारी सामुदायिक वन कार्यालयले व्यवस्थापनको काम गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>