Breaking News

उद्योगी व्यवसायीले १२ घण्टा लोडसेडिङ भयो भनेर राजनीतिक कुरा गरेः कुलमान घिसिङ

Banner

काठमाडौँ,चैत २३-

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीले १२ घण्टासम्म लोडसेडिङ भयो भनेर राजनीतिक कुरा गरेको बताएका छन् । ऊर्जा मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा उनले तत्कालका लागि भएको विद्युत आपूर्तिको समस्यालाई उद्योगी व्यवसायीले राजनीतिक रूप दिएको बताएका हुन् ।

उनले भने, ‘तत्कालका लागि समस्या आएको थियो । त्यो पनि हामीले १र२ दिन भित्रै समाधान गरिसकेका थियौँ । तर वर्षौंको समस्या जस्तो गरी विज्ञप्ति निकाले । यसमा उद्योगी व्यवसायीले राजनीतिक कुरा गरे ।’ त्यस्तै, उनले देशमा अहिले कुनै किसिमको लोडसेडिङ नभएको दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>