चितवन विशेष

बैशाख २ गते प्रचण्डको निर्वाचन क्षेत्रमा राप्रपाको जनसभा,राजेन्द्र लिङ्देनदेखि ज्ञानेन्द्र शाहीसम्म आउने

Banner

चितवन,चैत २२-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चितवनमा आमसभा गर्ने भएको छ । वैशाख २ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र पर्ने भरतपुरको केन्द्रीय बस टर्मिनलमा राप्रपाले बृहत जनसभा गर्न लागेको हो । आमसभालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, प्रवक्ता जानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आमसभाका लागि जिल्ला अध्यक्ष रुद्र ढकालको संयोजकत्वमा ५ सय १ सदस्य समिती निर्माण भएको भरतपुर महानगर सचिव सुलभ सिग्देलले जानकारी दिए । यस्तै सभाको तयारीका लागि विभिन्न १६ वटा उप-समिती समेत गठन भएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>