चितवन विशेष

किराना व्यवसायी संघ चितवनको अध्यक्षमा पौडेल

Banner

चितवन, चैत २२–

किराना व्यवसायी संघ चितवनको अध्यक्षमा हरिराज पौडेल चयन भएका छन् ।

आइतबार भएको १०औं वार्षिक साधारणसभा एवं अधिवेशनबाट सर्वसम्मत रुपमा पौडेल अध्यक्षमा चयन भएका हुन् । यस्तै संघको प्रथम उपाध्यक्षमा पुष्पलाल श्रेष्ठ, द्धितीय उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, महासचिवमा जीवन प्रसाद आचार्य, सचिवमा दिलीप डागा, कोषाध्यक्षमा थानेश्वर चालिसे चयन भएका छन् । यसैगरि सदस्यहरुमा उत्तम गुप्ता, कृष्ण अम्गाई, ज्ञानेन्द्र श्रेष्ठ, अर्जुन कुमार पौडेल, सुशील सापकोटा र कृष्णप्रसाद पौडेल चयन भएका छन् ।

उद्योग वाणिज्य संघ चितवनमा भएको अधिवेशन रविन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>