मकवानपुर

मकवानपुरमा लागुऔषध गाँजासहित एक पक्राउ

Banner

मकवानपुर, चैत २१–

मकवानपुरको मनहरि गाउँपालिका–६ स्थित सडकखण्डबाट ९० किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा भारतको मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अलि रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

आइतबार विशेष सूचनाको आधारमा पुगेको ईलाका प्रहरी कार्यालय मनहरि मकवानपुरबाट प्रहरी टोलीले चितवनबाट मनहरितर्फ आउँदै गरेको बिआर २५ जीए ३०९२ नम्वरको भारतीय ट्रकलाई रोकी जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभयो ।

उहाँका अनुसार, पक्राउ परेका असगर ट्रक चालक हुन् । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>