चितवन विशेष

चलचित्र ‘जनयुद्ध’का लेखक तथा निर्देशक चितवनका सिनेकर्मी पौडेल एमालेमा प्रवेश

Banner

चितवन,चैत २१-

माओवादी निकट चलचित्रकर्मी विमल पौडेल नेकपा (एमाले)मा प्रवेश गरेका छन् । आज (सोमबार) भरतपुरमा आयोजित एक कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पौडेललाई पार्टी प्रवेश गराएका हुन् । पौडेल माओवादी सशस्त्र संघर्षको कथावस्तुमा आधारित चलचित्र ‘जनयुद्ध’का लेखक तथा निर्देशकसमेत हुन् । उनी नेपाल चलचित्र निर्माता संघका उपाध्यक्ष र चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष पनि हुन् ।

सोही कार्यक्रममा नेपाल बोटे समाज चितवनका सचिव प्रदिप बोटे पनि एमाले पार्टीमा प्रवेश गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>