Breaking News

चितवनमा अघोषित लोडसेडिङ, झ्याप्प झ्याप्प लाइन जाँदा नागरिकलाई सास्ती

Banner

पूजा ढकाल

चितवन, चैत २१

चितवनमा अघोषित रुपमा लोडसेडिङ हुन थालेपछि नागरिकले सास्ती झेल्न बाध्य भएका छन् ।

बिना सूचना र तालिका लोडसेडिङ हुन थालेपछि व्यवसायी र सर्वसाधारण नागरिक आक्रोशित भएका हुन् ।

पछिल्लो समय देशव्यापीरुपमा देखिएको विद्युत् आपूर्तिको समस्या चितवनमा पनि बल्झिएको छ । चितवनमा बिगत एक सातादेखि दैनिक दर्जन पटक विद्युत् आउने जाने समस्या उत्पन्न भएको छ । जसले गर्दा औद्योगिक क्षेत्रमा समस्या भएको छ भने गर्मीको समयमा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

विद्युत् प्रधिकरण भरतपुर बितरण केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलकाअनुसार खोलामा पानीको सतह कम भएको कारण हाल भरतपुरका विभिन्न क्षेत्रको विद्युत् आपूर्तिमा समस्या भएको हो । जिल्लामा माग बढी र विद्युत् आपूर्ति कम भएका कारण वितरण केन्द्रमा विभिन्न समस्या आएको उनले बताए । नेपाल विद्युत् प्राधिकरण भरतपुर बितरण केन्द्रका प्रमुख राजिबकुमार सिंहले दुईदिन भित्र भरतपुरको विद्युत्को समस्या समाधान हुने बताए । उनले भने, ‘आँपटारीमा नयाँ शबस्टेशन निर्माण सकिएको छ । सञ्चालनमा आउने बित्तिकै यो समस्या हल हुन्छ ।’

जिल्लामा पछिल्लो समय दैनिकरुपमा झ्याप झ्याप बत्तीजान थालेपछि औद्योगिक क्षेत्रमा करोडौँको घाटा भएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण क्षेष्ठले नारायणी अनलाइनलाई बताए । उनका अनुसार चार÷पाँच घण्टा लगाएर कच्चा पदार्थ तताउन पर्ने उद्योगमा बत्ती गएपछि पुनतताउँदा उद्योगलाई आर्थिक भार पर्ने गर्छ । त्यस्तै उत्पादन लागत बढ्ने र मूल्यमा बृद्धि हुने उनले नारायणी अनलाइनलाई जानकारी दिए ।
पछिल्लो समय यो विषयमा उद्योग वाणिज्य संघले नेपाल विद्युत् प्राधिकरणको ध्यान आकर्षण गराएको र यसको समाधान केही समयपछि हुने जवाफ केन्द्रबाट आएको उनको भनाइ छ । बत्ती आउने र जाने हुँदा विद्युतीय उपकरणहरु बिग्रने पनि व्यवसायीहरुको गुनासो छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>