Breaking News

८० छात्रालाई भरतपुर महानगरपालिकाले दियो निःशुल्क साइकल

Banner

चितवन, चैत २०–

भरतपुर महानगरपालिकाले चार वडाका ८० जना छात्राहरुलाई निःशुल्क साइकल वितरण गरेको छ ।

आज (आइतबार) भरतपुर महानगरपालिकामा आयोजित एक कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले ८ विद्यालयका ८० जना छात्राहरुलाई साइकल वितरण गर्नुभएको हो ।

सो क्रममा बोल्दै मेयर दाहालले नदोहोरिने गरि महानगरपालिका भित्रका सबै सरकारी विद्यालयलाई प्रतिनिधित्व गरि साइकल वितरण गरिने बताउनुभयो । वडाको सिफारिसको आधारमा साइकल वितरण गरिएको भन्दै अन्य विद्यालयका छात्राहरुलाई पनि छिट्टै साइकल वितरण गरिने बताउनुभयो ।

पितृसतात्मक समाजामा अझै पनि महिलाहरुलाई खुलेर अघि बढ्न समस्या रहेको भन्दै महिलाहरुलाई अगाडि बढाउन शिक्षा दिन जरुरी रहेको बताउनुभयो । यसैका लागि विद्यालयमा सहज पहुँच पु¥याउने उद्देश्यले छात्राहरुलाई साइकल वितरण गरिएको उहाँको भनाई थियो । उहाँले शिक्षाको कार्यमा मात्रै साइकलको सदुपयोग गरिदिन आग्रह समेत गर्नुभयो ।

‘छात्रासंग मेयर’ कार्यक्रम अन्तरगत रहेर एकैदिन ८० जना छात्रालाई निःशुल्क साइकल वितरण गरिएको मेयर दाहालले जानकारी दिनुभयो । भरतपुर महानगरले यसवर्ष १४० जना छात्रालाई साइकल वितरण गरि सकेको छ । गतवर्ष ३२० जना छात्रालाई साइकल वितरण गरेकोमा यसवर्ष २०० जना छात्रालाई साइकल वितरण गर्ने कार्यक्रम रहेको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी, महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारी, विद्यालय व्यवस्थापन समितिका तर्फबाट धर्म कार्कीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>