Breaking News

कांग्रेस चितवनको निर्णयः भरतपुरको मेयर नछोड्ने, गठबन्धन कायमै राख्ने

Banner

चितवन, चैत २०–

नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकाको मेयर लिएर अन्य दलसंग गठबन्धन गर्ने निर्णय गरेको छ । आज (आइतबार) दिउँसो पार्टी कार्यालय कमलनगर, नारायणढमा बसेको जिल्ला कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

कांग्रेस केन्द्रको सर्कुलेसनको आधारमा अन्य दलसंग गठबन्धन गर्ने तर भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले नछोड्ने निर्णय गरिएको जिल्ला सभापति राजेश्वर खनालले नारायणी अनलाइनलाई जानकारी दिए ।

‘भरतपुर महानगरपालिकाको हकमा यसपटक प्रमुखमा नेपाली कांग्रेसको उम्मेद्वार रहने गरि तालमेल प्रक्रियालाई अघि बढाउने, यदि त्यो अवस्था रहेन भने एकल रुपमा कांग्रेस चितवन अघि बढ्ने निर्णय भएको छ’–सभापति खनालले नारायणी अनलाइनसंग भने । उनले प्रमुखमा कांग्रेसले उम्मेद्वारी दिएर उपप्रमुख र अन्य सदस्यहरुमा तालमेल गर्न सकिने बताए । जिल्लामा रहेका ७ वटा पालिकाहरुमा छुट्टाछुट्टै संयन्त्र निर्माण गरि तालमेल प्रक्रियालाई अघि बढाइने उनले जानकारी दिए ।

उनले तालमेलका लागि १० वटा सूचकहरुको आधारमा छलफल गर्दा यसपटक कांग्रेसकै उम्मेद्वार हुनुपर्ने सुझावहरु आएकाले कांग्रेसले महानगर नछोड्ने निश्कर्षमा पुगेको बताए । सभापति खनालले उम्मेद्वार छनोटको प्रक्रिया भोलिबाट नै चितवनका सबै पालिकाहरुमा सुरु हुने बताए ।

पालिकाहरुले सिफारिस गरेका उम्मेद्वारहरुको नामलाई जिल्ला शाखाले आफ्नो दृष्टिकोण र सुझावसहित केन्द्रमा सिफारिस गर्ने उनले बताए । सोही आधारमा केन्द्रले निर्णय गरेका उम्मेद्वारहरुलाई जिताउन कांग्रेस चितवन लागि पर्ने सभापति खनालको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>