चितवन विशेष

सहिद तथा बेपत्ता परिवारलाई मासिक सहायता उपलब्ध गराउँदै भरतपुर महानगर

Banner

चितवन,चैत २०-

चितवनको भरतपुर महानगरपालिकाले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनमा सहिद तथा बेपत्ता परिवारलाई मासिकरूपमा आर्थिक सहायता उपलब्ध गराउन सुरु गरेको छ । सहिद तथा बेपत्ता परिवारको जीविकोपार्जनमा सहज बनाउन मासिकरूपमा रु दुई हजार उपलब्ध गराउन सुरु गरेको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । महानगरपालिकाले आज विशेष कार्यक्रम गर्दै जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनमा सहिद तथा बेपत्ता परिवारलाई पाँच महिनाको सहायता रकम बराबर रु १० हजार एकमुष्ठ प्रदान गरेको छ । नेपालमा नै पहिलो पटक महानगरपालिकाले सहिद तथा बेपत्ता परिवारलाई आर्थिक सहायता सुरुआत गरेको प्रमुख दाहालले बताउनुभयो ।

आगामी दिनमा यस कार्यक्रमलाई निरन्तर दिइने र यो रकमलाई बढाउँदै लैजाने लक्ष्य रहेको उहाँले बताउनुभयो । महानगर प्रमुख दाहालले पीडित परिवारलाई केही मात्रमा भए पनि मल्हम लगाउन सकिन्छ भन्ने उद्देश्यले नेपालकै स्थानीय तहमा पहिलो पटक यो कार्यक्रम सुरुआत गरिएको बताउनुभयो ।

देशमा परिवर्तन ल्याउन हरेक आन्दोलनमा परिवार गुमाएका परिवारलाई सम्मानस्वरूप यो कार्यको थालनी गरिएको उहाँको भनाइ छ । बेपत्ता, घाइते तथा सहिद परिवारलाई आर्थिक सहायता दिने गरी महानगरले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको थियो । भरतपुर महानगरपालिकाले आज ६० जनालाई नगदसहित सम्मान पनि गरेको छ । महानगरले गत मङ्सिरमा सूचना निकालेर स्थायी बासिन्दाका लागि आवश्यक कागजातसहित निवेदन माग गरेको थियो । जिल्लामा ६०० बढी घाइते, सहिद तथा बेपत्ता परिवार रहेको तथ्याङ्क छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>