चितवन विशेष

चितवनमा आजपनि पेट्रोल पम्प बन्द,सञ्चालनमा रहेका पेट्रोलपम्पमा लामो लाइन

Banner

चितवन,चैत २०-

शुक्रबारदेखि चितवन लगायत विभिन्न स्थानमा पेट्रोलियम पदार्थको हाहाकार छ । धेरै पेट्रोल पम्पहरु बन्द छन् । चितवनमा प्रहरी र सहकारीले सञ्चालन गरेका पेट्रोलपम्पमा पेट्रोल हाल्नेहरुको लामो लाइन छ ।

आइतबार विहानैदेखि पेट्रोल हाल्नेहरुको लाइन देखिएको छ । ढुवानी व्यवसायी तथा चालक संघको आन्दोलनका कारण उक्त समस्या सिर्जना भएको थियो । शनिबार ढुवानी व्यवसायीसँग ४ बुँदे सहमति भइ समस्या समाधान भए पनि आइतबार विहानैदेखि चालक दलले आन्दोलन गरिरहेका थिए । यद्यपि चालकहरुसँग पनि ४ बुँदे सहमति भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>