चितवन विशेष

चितवनमा राजमार्गको नाली सफा गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

Banner

चितवन,चैत २०-

चितवनमा नाली सफा गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १ आँपटारीस्थत राजमार्गमा सडक विभागमा काम गर्ने तनहुँ जिल्लाका देवघाट गाउँपालिका वडा नं.५ का ५५ वर्षिय भीमबहादुर मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक छेउको नाली सफा गर्ने क्रममा चुँडिएर नालीमा लत्रिएको तारबाट एक्कासी करेन्ट लाग्न गई उनको मृत्यु भएको हो । मृतक मगरको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल राखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>