चितवन विशेष

भरतपुर महानगरमा राप्रपाको आक्रामक संगठन विस्तार, एकैदिन चार वडा कार्यालय स्थापना

Banner

चितवन,चैत १९-

भरतपुर महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आक्रामक रुपमा संगठन विस्तार गरिरहेको छ । महानगरपालिकाका अधिकांस वडामा कार्यालय स्थापना गरेको राप्रपाले आज (शनिवार) मात्रै चार वडामा कार्यालय स्थापना गरेको छ ।

भरतपुर महानगरपालिका वडा नम्वर २, ४, २० र २५ नम्वर वडामा कार्यालय स्थापना गरिएको राप्रपा भरतपुर महानगर कमिटी सचिव सुलभ सिग्देलले जानकारी दिनुभयो । उहाँले पार्टीले बाँकी रहेका वडामा पनि छिट्टै कार्यालय स्थापना गर्ने बताउनुभयो । भरतपुर महानगरपालिकामा राप्रपा प्रबेश गर्नेको संख्या बढ्दै गएको भन्दै उहाँले पार्टीप्रति जनताको झुकाब बढेको बताउनुभयो ।

यस्तै शनिवार नै चितवन क्षेत्र नम्वर २ को कार्यालय कालिका नगरपालिमा स्थापना गरिएको छ । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४५० जना राप्रपा प्रवेश गरेका छन् ।

कार्यालय उद्घाटन कार्याक्रमकी प्रमुख अतिथि राप्रपा सहमहामन्त्री एवं बागमती प्रदेश सांसद रिना गुरुङले चितवनमा राप्रपाको पक्षमा जनलहर सृजना भएको बताइन् । उनले राष्ट्रबादी शक्तिहरुको नेतृत्व राप्रपाले गरेको भन्दै आगामी निर्वाचनमा जनताले राप्रपाको उम्मेद्वालाई विजयी गराउने जनाइन् । कार्यक्रममा केन्द्रिय सदस्य सिमा घताङ विश्वकर्मा,जिल्ला अध्यक्ष रुद्र ढकाल,जिल्ला सचिव केशव केशव राज भण्डारी, भरतपुर महानगरपालिका अध्यक्ष दिपक थापा मगर लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>