Breaking News

रेणु दाहाल मेयर रहेको भरतपुरमा समृद्धिको मोडल स्थापित भयोः प्रचण्ड

Banner

चितवन,चैत १९-

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले जितेको स्थानीय तहमा मात्रै राम्रो काम भएको दाबी गरेका छन् । अध्यक्ष दाहालले छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकामा त सुशासन, विकास र समृद्धिको एउटा मोडल नै स्थापित छ भनेर एउटा संसदीय समितिको रिर्पोटले देखाएको बताए।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का अध्यक्ष कृष्णकुमार राईलाई पार्टीमा स्वागत गर्दै उनले आफ्नो पार्टीले जित हासिल गरेको स्थानीय तहमा मात्रै राम्रो काम भएको तर अन्य सयौं स्थानीय तहमा कामै नभएको जिकीर गरे।

अध्यक्ष दाहालले प्रदेश र संघमा आफ्नो पार्टीको नेतृत्व नहुँदा सधैं समस्या आउने गरेको बताए। ‘देशभरी, जहाँ स्थानीय तहको निर्वाचन हुँदैछ । भर्खरै संवैधानिक समितिले कहाँ–कहाँ राम्रो काम भयो भनेर स्थानीय पालिकाहरु हेर्दा पाँच वटा श्रेष्ठ काम भएको मध्ये ३ वटा त माओवादी केन्द्रले जितेकोमा मात्रै भयो ।’ उनले भने, ‘अरु संयौं छन, त्यहाँ चाही राम्रो काम भएन भन्ने रिपोर्ट आयो ।’ भरतपुर महानगरपालिकामा सुशासन, विकास र समृद्धिको एउटा नयाँ मोडल छ भन्ने रिपोर्ट आएको उनले सुनाए ।

अध्यक्ष दाहालले परिवर्तनको नेतृत्व आफ्नो पार्टीले गर्ने तर त्यसलाई सम्हालेर देशको नेतृत्व गर्न नपाउँदा मुलुकमा फेरि पनि परिवर्तन खतरामा पार्ने अवस्थामा आएको बताए। उनले परिवर्तनको पक्षमा उभिएकै कारण भूतपूर्व गोर्खा सैनिकहरुले आफ्नो पार्टीलाई रोजेको भन्दै धन्यवाद दिए । अध्यक्ष दाहालले भूतपूर्व गोर्खा सैनिकहरुको समस्या आफूलाई राम्रोसँग थाहा भएको भन्दै समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने आश्वासन पनि दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>