चितवन विशेष

भोलि चितवनका विभिन्न क्षेत्रमा सात घण्टा विद्युत सेवा अवरुद्ध हुने

Banner

चितवन,चैत १२-

पश्चिम चितवनका बिभिन्न क्षेत्रमा भोलि (शनिबार) विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण चौनौती वितरण केन्द्रबाट वितरित मेघौली फिडरमा भोलि बिहान ६ बजे देखि १ बजेसम्म सेवा अवरुद्ध हुने भएको हो । चनौली वितरण केन्द्रका अनुसार मेघौली फिडरको मिलनचोक गीतानगर क्षेत्रमा ११ केभी लाइन अपग्रेड गर्नुपर्ने भएकोले सेवा अवरुद्ध हुने भएको हो ।

भरतपुरको ज्योतिनगर, खत्रौली, पर्साढाप, खयरघारी, तैलौली, जितपुर, गोलाघाट र शोसी आसपासमा स्थानमा सात घण्टा लाइन काटिने केन्द्रले जनाएको छ । काम चाँडै सकिएको खण्डमा निर्धारित समय अगावै लाइन सुचारु हुने समेत केन्द्रले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>