चितवन विशेष
भोलीदेखि पेट्रोल पम्प बन्द हुने चिन्ताले चितवनका पेट्रोल पम्पमा सवारीसाधनको लामो लाईन
०

चितवन,चैत १८-
चितवनका पेट्रोल पम्पहरुमा शुक्रबार साँझ अबेरसम्म लामो लाईन लागेको छ । ढुवानी व्यवसायीले आफ्ना माग पूरा नगरेको भन्दै पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेपछि अभाव हुने चिन्ताले पेट्रोल पम्पहरुमा लामो लाईन लागेको हो ।
नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले देशभर भोलिबाट पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने जनाएका छन्। यससँगै बजारमा पेट्रोल, डिजेल, मट्टीतेल र ग्याँसको अभाव हुन सक्ने देखिएको हो ।
आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























