चितवन विशेष

थारु गीत ‘मन लागेना अब बिन तुहार’ करोड क्लबमा, चितवनमा गरियो भव्य कार्यक्रम

Banner

चितवन, चैत १८–

पछिल्लो समय थारु गीतसंगीतले नयाँ उचाई छुदै गइरहेको छ । अहिले थारु समुदायले मात्र नभई अन्य समुदायका लागि पनि थारु गीतले आकर्षित गरिरहेको छ । थारु गीत संगीतलाई मन पराउने दर्शकको संख्या बढ्दै गएपछि पहिलोपटक थारु गीत ‘मन लागेना अब बिन तुहार’ करोड क्लबमा प्रवेश गरेको छ । थारु गीत एक करोड भ्यूज पुगेको पहिलो हो । यही खुशीयालीमा शुक्रबार चितवनमा भव्य कार्यक्रम गरिएको छ ।

होटल ह्याप्पी होम नारायणगढमा कलाकारहरुको उपस्थितिमा विशेष कार्यक्रम गरिएको हो । डेढ वर्षअघि आरकेसी डिजिटल युट्युव मार्फत सार्वजनिक गरिएको उक्त गीत करोड क्लवमा पुगेको खुशीयालीमा केक काटिएको थियो । कार्यक्रममा यस गीतका कलाकार, निर्देशक र अन्य टिमलाई कदर पत्रले सम्मान समेत गरिएको छ । यस्तै थारु गीत संगीतलाई उचाईमा पु¥याउन महत्वपूर्ण योगदान दिएको भन्दै होटल ह्याप्पी होमका संचालक कृष्ण महतोलाई समेत सम्मान गरिएको छ ।

यस गीतको भिडियोलाई सुरजदेव कुसमियाले निर्देशन गरेका छन् भने नरेश चौधरी र मनसा रावलको अभिनय रहेको छ । भिडियोलाई रामु चौधरीले छायाँकन र सम्पादन गरेका छन् । आरके थारु र अनु चौधरीको स्वर रहेको यस गीतलाई सुवास कठरियाले लेखेका हुन् । गीतमा गणेश चौधरीले संगीत भरेका छन् ।

यस्तै सोही क्रममा ५० लाख भ्यूज पुगेको परदेशीया सजनाको टिमलाई पनि सम्मान गरिएको छ । ‘मन लागेना अब बिन तुहार’ को पार्ट टु को रुपमा सार्वजनिक गरिएको यस गीतलाई पनि दर्शकहरुले रुचाएका छन् ।

कार्यक्रममा यस गीतका गायक/गायिका खेमराज चौधरी, समीक्षा चौधरी, निर्देशक सुरजदेव कुसमिया, कलाकार नरेश चौधरी र सबिना चौधरी, छायाँकार र सम्पादक रामु चौधरीलगायतलाई कदरपत्रले सम्मान गरिएको छ । उनीहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि थारु कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्यले सम्मान पत्र प्रदान गरेका थिए ।

आरकेसी डिजिटलका अध्यक्ष एंव मोडल देवदास चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मोडल नरेश चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरी, थारु पत्रकार संघ चितवनका अध्यक्ष दीपेश चौधरी, सेबिल इन्टरटेनमेन्टका संचालक लोकेन्द्रराज चौधरी, होटल ह्याप्पी होमका संचालक कृष्ण महतो, गायक नरेश जोगी, खेम चौधरी, मनोज महतो, गायिका समीक्षा चौधरी, रचनाकार श्याम चौधरी, पत्रकार राजु चौधरीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम थारु पत्रकार संघका महासचिव सन्तकुमार चौधरीले संचालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>