चितवन विशेष

भरतपुर खानेपानी बोर्डका कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम

Banner

चितवन, चैत १८-

भरतपुर खानेपानी व्यवस्थापन वोर्डले आफ्ना कर्मचारीहरुलाई क्षमता अभिवृद्धि तालिम दिएको छ । मिटर रिडर तथा अन्य कर्मचारीलाई आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गरि तालिम दिइएको हो । तालिममा ४० जना कर्मचारी सहभागि भएका थिए ।

प्रशिक्षक बाबुराम ज्ञेवालीले सफ्टवयरको समस्या समाधान, रन्जन पौडेलले उत्प्रेरणा र संजय बरालले नैतिकता र आचार संहिता सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षक ज्ञवालीले मिटर रिडरहरुलाई प्रविधि मैत्री बनाउनका लागि तालिम महत्वपूर्ण भएको बताउनुभयो । मिटर रिडिङलाई व्यवस्थित कसरी गर्ने, सूचना प्रविधिसँग कसरी जोड्ने भन्ने विषयहरु तालिममा सिकाइएको उहाँले बताउनुभयो । सफ्टवयर सम्बन्धी कुन–कुन डिभाइसहरु प्रयोग गर्दा काम छिटो छरितो र पारदर्शी हुन्छ भन्ने ज्ञान तालिम मार्फत प्रदान गरिएको छ ।

बरालले नैतिकता र आचारण संहिताको ज्ञानले खानेपानी कार्यालयमा चुस्त रुपमा काम गर्न मद्धत्त पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘नयाँ नयाँ मिटर रिडरहरु आउने जाने क्रम चलिरहन्छ । कार्यालयको नैतिकता के हो ? जान्न आवश्यक छ । ‘वास्तवमा खानेपानी वोर्डको आम्दानी भनेकै हाम्रो ग्राहक हुनुहुन्छ ।’ ग्राहकहरुबा प्राप्त हुने आम्दानीहरुबाट हामीले वोर्ड संचालन गर्नुपर्ने हुन्छ, हरेक ग्राहकको घरमा पुग्ने भनेको हाम्रो मिटर रिडर नै हुन् । यसकारण पनि उनिहरुलाई प्रशिक्षण दिन आवश्यक छ,उहाँले भन्नुभयो ।’

मिटर रिडरहरुले आफ्नो नैतिकता गुमाए भने र आचारसंहिता थाहा पाएनन् भने समग्र वोर्डलाई क्षति पुग्छ,त्यसकारण पनि तालिमको आयोजना गरिएको बरालले बताउनुभयो । वोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल प्रमुख अतिथि रहनुभएको थियो । उहाँले महानगरपालिका भित्र झण्डै ४ अर्वका आयोजना संचालन भइरहेको जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>