चितवन विशेष

चितवन काँग्रेसका दुःखः अघिपछि काँग्रेस, भोट हाल्ने दिन माओवादी बन्नै पर्नेः गोकुल बास्कोटा

Banner

चितवन,चैत १८-

नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले चितवन काँग्रेसले सधै रुखमा भोट हाल्नुपर्ने बाध्यता रहेको भन्दै व्यङ्य गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै उनले भनेका छन्,‘चितवन काँग्रेसका दुःख पनि कम्ता छैनन् । अघिपछि संधै उनिहरु काँग्रेस हुनुपर्ने तर जुन दिन रुखलाई मतदान गर्नुपर्ने सो दिन उनिहरु माओवादी बन्नै पर्ने । ’आगामी स्थानिय तहको निर्वाचनमा गठबन्धन हुने चर्चा चलिरहँदा चितवन माओवादी केन्द्रले दावी गरिरहेको छ । चितवनमा केहीदिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि भरतपुरको मेयरमा आफ्नो पार्टीको दावी कायमै रहेको बताएका थिए ।

गत स्थानिय तहको निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धनबाट भरतपुरको मेयरमा रेनु दाहाल निर्वाचित भएकी थिइन् । फेरी पनि गठबन्धनका तर्फबाट दाहालनै मेयरको उम्मेद्वार बन्ने चर्चा चलिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>