Breaking News

ओलीसँगको भेटपछि धवलशमशेरले भने-अब पाँच दललाई चुनौती त दिनुपर्‍यो

Banner

नेपालगन्ज, चैत १८-

सत्तारुढ पाँच दलबीच निर्वाचनमा गठबन्धन हुने भएपछि नेकपा एमाले र राप्रपाबीच पनि गठबन्धनको छलफल सुरु भएको छ । स्थानीय तहमा मात्र कि प्रदेश र केन्द्रीय निर्वाचनमा पनि गठबन्धन गर्नेबारे दुई दलबीच छलफल सुरु भएको हो ।

भेटवार्तापछि डा.राणाले पाँच दलबीच गठबन्धन भएपछि एमाले-राप्रपा गठबन्धन गर्नुपर्ने बाध्यता सिर्जना भएको बताए । ‘गठबन्धन हामीले गर्नुपर्ने बाध्यता भएको छ । पाँच दललाई चुनौती त दिनुपर्‍यो । त्यसकै लागि प्रारम्भिक छलफल भएको हो’, राणाले भने, ‘अध्यक्ष ओली र मबीच अब पार्टीमा छलफल गर्ने भन्ने कुरा भएको छ ।’

भेटवार्ता सकारात्मक भएको पनि उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>