चितवन विशेष
चितवनमा बसको ठक्करबाट घाइते श्रीमान-श्रीमती दुवैको उपचारका क्रममा मृत्यु
०

चितवन,चैत १६-
पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ भानुचोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ५ ख १९० नम्बरको नारायणी यातायातको बसले पश्चिमबाट पूर्व तर्फ जादै गरेको बागमती प्रदेश ००२ प १८९५ नम्बरको मोटरसाइकललाई आज साँझ पौने ५ बजे ठक्कर दिँदा गम्भिर घाइते भएका एक दम्पतीको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक रत्ननगर २ बस्ने ४५ बर्षिय निरन्जन श्रेष्ठ र उनकी श्रीमती ४० बर्षिय निनतारा श्रेष्ठ रहेकी छन् । उनिहरु दुवै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























