चितवन विशेष
भ्रामक गतिविधिप्रति विश्वकर्मा गोल्ड एण्ड सिल्भर आर्टिसियन नेशनल ट्रेड सेभिङ्गको ध्यानाकर्षण

चितवन,चैत १४-
विभिन्न सामाजिक संजालको प्रयोग भ्रामक सामाग्री प्रेषित गरिएको भन्दै विश्वकर्मा गोल्ड एण्ड सिल्भर आर्टिसियन नेशनल ट्रेड सेभिङ्ग कम्पनी लिमिटेडले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै कम्पनीले भ्रामक प्रचारबाजीको पछाडी नलाग्न सम्पूर्ण शेयर सदस्य र व्यवसायीलाई आग्रह गरिएको छ ।
कम्पनीका अध्यक्ष टुलकप्रसाद विश्वकर्मा र सचिव हेमबहादुर विश्वकर्माले एक विज्ञप्ती जारी गर्दै एक मिडिया आभुषण बजारको नाममा भ्रामक गतिविधि गरी कम्पनीलाई आँच पु¥याउने काम भएको जनाइएको छ । कम्पनी नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष र कम्पनीका मूख्य संरक्षक अर्जुन रसाईलीको संरक्षकत्वमा सम्पूर्ण कानुनी प्रकृया पुरा गरी संचालन भइरहेको जनाइएको छ ।
विज्ञप्तीमा भनिएको छ, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको आगामी २८ गते तय गरिएको अधिवेशन तथा बार्षिक साधारणसभामा अध्यक्षका प्रभावशाली दावेदार कम्पनीका संचालक समितिका सचिव हेम बहादुर विश्वकर्मालाई हतोत्साहि पार्ने मनसायका साथ अधिवेशनको मुखमा सम्पूर्ण शेयर सदस्यहरु र सिङ्गो सुनचाँदी व्यवसायीमाझ भ्रम सिर्जना गरिएको छ ।
साथै सो पत्रिकाको फेसबुक वालसंग मिल्दोजुल्दो पत्र कुरियर मार्फत पठाएको र काठमाण्डौंको एक क्याफेको नम्वर राखेर गरिएको गतिविधिप्रति कम्पनीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पर्दापछाडि बसेर गरिएका यस्ता गतिविधिहरु खुल्ला रुपमा प्रमाणित गर्न चुनौती दिँदै अन्यथा यस्ता गतिविधि विरुद्ध कम्पनी कानुनी उपचारमा जाने उल्लेख गरिएको छ ।
कम्पनीले पटकपटक गरिने यस्ता भ्रामक गतिविधिको पछाडि नलाग्न र निर्धक्क भएर शेयर लिन र कारोबार गर्न सबैमा अनुरोध गरेको छ ।



























