चितवन विशेष
राप्रापा भरतपुर-६ को वडा कार्यालय उद्घाटन, ४१ जना राप्रपामा प्रवेश

चितवन,चैत १४-
राष्ट्रिय प्रजातन्त्र पार्टीे (राप्रपा) भरतपुर-६ ले वडा कार्यालय स्थापना गरेको छ । आज (सोमबार) एक कार्यक्रमका बीच राप्रपा केन्द्रीय सहमहामन्त्री तथा बाग्मती प्रदेश सांसद रिना गुरुङ र सहायक महामन्त्री प्रेम बलायरले संयुक्त रुपमा वडा कार्यालयको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै सहमहामन्त्री गुरुङले देशमा भ्रष्टचार मौलाएको बताउनु भयो । आगामी दिनमा भ्रष्टाचार रहित देश बनाउनको लागी प्रजातन्त्र सहितको राजसंस्था उपयुक्त हुने उहाँको भनाई छ । अन्य दलहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेकाले राप्रपानै उचित विकल्पको शक्ति भएको उहाँले तर्क रहेको छ । उहाँले आउदै गरेको बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा राप्रपाको पक्षमा जनलहर आउने विश्वास लिनु भएको छ ।
साथै सांसद गुरुङ्गले ठुला भनिएका दलहरुले बिभिन्न जातीय राज्यको आश्वासनमा निर्वाचित भएको दावी गर्नुभयो । उहाँले जातीय राज्यको आश्वासन देखाए पनि त्यो एक भाषणमा मात्रै सिमित रहेको बताउनु भयो ।
सोहि अवसरमा विभिन्न पार्टी परित्याग गरी ४१ जना राप्रपामा प्रवेश गरेका छन् । कांग्रेस लगायत अन्य दलकाले पार्टी परित्याग गरेका हुन् । राप्रपा भरतपुर–६ का फणिन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश उपाध्यक्ष ज्ञानुजंग लामा, राप्रपा क्षेत्र नम्बर २ का उपाध्यक्ष गीता आचार्य, महानगर सचिव सुलभ सिग्देल, राप्रापा २ ख का सचिव संगीता थापा मगर लगाएतको सहभागीता रहेको थियो ।


























