चितवन विशेष

हेडक्वार्टरको कमजोरीः चितवनमा एक महिना अघि दुर्घटनामा मृत्यु भएका सईको पनि बढुवा

Banner

चितवन,चैत १४-

आइतबार प्रहरी हेडक्वार्टरले ४८८ जना प्रहरी नायव निरीक्षक (सई) लाई वरिष्ठ सईमा बढुवाका लागि सिफारिस गर्‍यो। सिफारिस सूचीको ३६३ नम्बरमा नाम थियो अर्जुन पौडेल। उनको दरबन्दी जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन उल्लेख गरी बढुवाका लागि सिफारिस गरिएको थियो। हेडक्वाटरले यसरी नियमित बढुवा सूची अनुसार बढुवा सिफारिसमा परेका पौडेल भने एक महिना अघि नै बितिसकेका व्यक्ति हुन्।

तर, यसबारे प्रहरीले हेडक्वार्टरले कुनै जानकारी नै नपाए जसरी सरुवाको सूचीमा उनको नामसमेत समावेश गरेको छ। मृत्युपछि पनि बढुवा गर्ने चलन भने प्रहरीमा नभएको होइन। तर, त्यसका लागि प्रहरी नियमावलीको दफा ३९ अनुसार बढुवा गर्नुपर्ने हुन्छ। दफा ३९ को १ को (ग)मा मृत्युपछि पनि बढुवा गर्न सकिने प्रावधान छ।

तर हेडक्वार्टरले आइतबार राति निकालेको बढुवाको दफा ३९ अनुसार नभई दफा ३० को ४ अनुसारको हो। यसरी दफा ३० को ४ अनुसारको सूचीमा मृत्यु भइसकेका व्यक्तिलाई बढुवा गर्न मिल्दैन। प्रहरी हेडक्वार्टरको कमजोरीका कारण मृत्यु भइसकेका पौडेलको एक महिनापछि बढुवा भएको देखिन्छ।

सई पौडलको गत फागुन १९ गते दुर्घटनामा परी मृत्यु भएको थियो। चितवनको भरतपुर महानगरपालिका–६ स्थित जयनेपाल चोकमा ट्याक्टरको ठक्करबाट सई पौडेलको मृत्यु भएको थियो। राति ९ बजेतिर महेन्द्र चोकतर्फबाट आउँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्याक्टरले सई पौडेल सवार ना १६ प ३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। सो क्रममा उनको घटनास्थलमै ज्यान गएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>