अर्थ

सुनको मूल्य एक लाख पाँच सय रुपैयाँ

Banner

काठमाडौँ, चैत १४ –

सुनको भाउ सोमबार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ २० रुपैयाँले घटेको छ । आइतबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>