चितवन विशेष

चितवन एडभरटाइजिङ एण्ड मिडिया सर्भिसलाई उत्कृष्ट विज्ञापन एजेन्सीको सम्मान

Banner

चितवन,चैत १३-

चितवन एडभरटाइजिङ एण्ड मिडिया सर्भिसलाई उत्कृष्ट विज्ञापन एजेन्सीको रुपमा सम्मान गरिएको छ । मध्यान्ह राष्ट्रिय दैनिकले आफ्नो २० औं बार्षिकोत्सवको अवसर पारेर चितवन एडभरटाइजिङलाई सम्मान गरेको हो ।

मध्यान्ह दैनिकलाई सबैभन्दा बढी विज्ञापन उपलब्ध गराई देशभरबाट उत्कृष्ट १० मा पर्न सफल भएको चितवन एडभरटाइजिङ एण्ड मिडिया सर्भिसका प्रबन्ध निर्देशक खुमप्रसाद पौडेल ‘किरण’ले बताए । पत्रिकाका प्रकाशक सितादेवी श्रेष्ठ र सम्पादक मदन कुमार श्रेष्ठले पौडेललाई सम्मान गरेका हुन् ।

चितवन एडभरटाइजिङ एण्ड मिडिया सर्भिस चितवनको उत्कृष्ट एजेन्सीको रुपमा स्थापित हुँदै आएको छ । सम्मानित हुने पौडेल नेपाल विज्ञापन बोर्डको सदस्य र विज्ञापन संघको पनि सदस्य भएर काम गरेका छन् ।

चितवन एडभरटाइजिङ एण्ड मिडिया सर्भिसले गोरखापत्र,कान्तिपुर,नागरिक,राजधानी,मध्यान्ह,नयाँ पत्रिका,सौर्य दैनिक र स्थानीय दैनिक सञ्चारपत्र, चितवन पोष्ट र कायाकैरनलाई विज्ञापन उपलब्ध गराउँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>