चितवन विशेष

आयुर्वेद औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा श्रेष्ठ

Banner

चितवन, चैत १२–

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ चितवनको नयाँ नेतृत्व चयन गरिएको छ । दोस्रो जिल्ला अधिवेशनबाट शनिबार बालगोपाल श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो ।

संघको उपाध्यक्ष साधुराम भट्ट, सचिवमा हिरामणी शर्मा, सहसचिवमा गोविन्द पौडेल, कोषाध्यक्षमा कृष्णबहादुर बुढाथोकी र सहकोषाध्यक्षमा नारायण खतिवडा चयन भएका छन् । यसैगरि सदस्यहरुमा विक्रम पौडेल, सन्तराज शर्मा, गोमा कोइराला चयन भएका छन् । कार्यसमितिको बैठकले पछि २ जना सदस्य मनोनित गर्नेछ । नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको रहने छ ।

चितवनमा ६ वटा नीजि आयुर्वेद अस्पताल, १५ वटा क्लिनिक, ३ वटा होलसेल सञ्चालनमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>