चितवन विशेष

हात्ती भारततिर बेच्न लैजाने चितवनका महतोसहित तीनजना समातिए

Banner

चितवन,चैत १२-

नेपालबाट दुईवटा हात्ती भारततिर बेच्न लैजाँदै गरेको अवस्थामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पर्सास्थित इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले दुईवटा हात्ती भारततिर बेच्न लैजाँदै गरेको अवस्थामा तीनजनालाई पर्साकै पकहामैनपुर गाउँपालिका(५ पोखरिया टोलबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा चितवनको भरतपुर महानगरपालिका १८ जितपुर बस्ने बिकवा ६० वर्षीय माउते बुदिराम महतो, त्यही ठाउँका ४० वर्षीय माउते राजु कुमाल र पर्साको पकहामैनपुर गाउँपालिका ५ सबैठवा बस्ने ३५ वर्षीय सफरोज आलम रहेका छन्।

पक्राउ परेका उनीहरुलाई ती हात्तीसहित आवश्यक कारवाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>