चितवन विशेष

काठमाडौँ वर्ल्ड स्कुलको नेपाल टुर चितवनमा,स्वदेशी शिक्षा प्रवर्द्धनमा जोड

Banner

चितवन,चैत १२-

काठमाडौँ वर्ल्ड स्कुलले सुरु गरेको नेपाल टुर अभियान अन्तर्गत आज (शनिवार) चितवनमा कार्यक्रम गरिएको छ । बिगतका वर्षमा जस्तै यस वर्ष पनि स्कुलले कार्यक्रमको आयोजना गरेको हो । मुख्य तीन शहर चितवन, बुटवल र भैरहवामा टुर मार्फत स्वदेशी शिक्षा प्रवर्द्धन अभियान चलाइएको स्कुलले जनाएको छ ।

कार्यक्रममा सहभागीले नेपाली शिक्षालाई रुपान्तरण गर्दै अन्तर्राष्ट्रिय बजारमा विक्ने खालको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । स्कुलका अध्यक्ष ई. मिथलेस कुमार झाले स्वदेशमै गुणस्तरीय शिक्षाको खोजिमा रहेका विद्यार्थीलाई लक्षित गरी अभियान संचालन गरिएको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाको खोजिमा विदेशिनुपर्ने बाध्यता हटाउन स्कुल स्थापना गरिएको जानकारी दिनुभयो । कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षा क्षेत्रका सरोकारवालाहरुबीच स्वदेशी शिक्षा प्रर्वद्वनबारे छलफल समेत भएको थियो ।

स्कुलले बुटवल र भैरहवामा पनि कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ । स्कुलका प्राचार्य केशरबहादुर खुलालले कार्यक्रममा स्कुलको शैक्षिक गतिविधिबारे जानकारी गराउनुभएको थियो । चौधरी ग्रुपको सिजी होल्डिङ्गसद्वारा सञ्चालित भक्तपुरको सूर्यविनायकमा अवस्थित काठमाडौं वर्ल्ड स्कुलले स्वदेशमै अन्तर्राष्ट्रिय मापदण्ड र सुविधासहितको शिक्षा दिदैँ आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>