चितवन विशेष

भरतपुरमा उम्मेदवार छनौट गर्ने पहिलो पार्टी बन्यो राप्रपा,१५ नम्वर वडाको अध्यक्षमा गोपाल गुरुङ उम्मेदवार

Banner

चितवन,चैत १२-

राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले उम्मेदवार घोषणा अभियान सुरु गरेको छ । भरतपुर महानगरपालिकाको १५ नम्बर वडाका लागि वडाध्यक्ष सहित ५ जनानै उम्मेदवार घोषणा गरिएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धेरै सिट जित्ने रणनीतिका साथ राप्रपा चितवनले घरदैलो तथा उम्मेदवार घोषणा कार्यक्रमलाई तीव्र बनाएको छ ।

वडाध्यक्षमा गोपाल गुरुङ, महिला सदस्यमा विष्णुमाया गुरुङ, दलित महिला सदस्यमा विष्णु विश्वकर्मा, खुल्ला सदस्यहरुमा नविन अधिकारी र किशोर कुमार श्रेष्ठलाई पार्टीले उम्मेदवार छनौट गरेको हो । वडाध्यक्षका उम्मेदवार गुरुङ २२ वर्ष भारतीय सेनामा कार्यरत हुनुहुन्थ्यो ।

उहाँ सामाजिक काममा समेत सक्रिय हुनुहुन्छ । विपन्न समुदायका वस्तीमा आर्थिक तथा जिन्सी सहयोग गर्दै आउनुभएका उहाँले मन्दीर, गुम्बा निर्माणमा समेत सहयोग गर्दै आउनुभएको छ । वडाध्यक्षका उम्मेदवार गुरुङले १५ नम्बर वडाभित्रको गरिबी निवारण गर्न लागिपर्ने बताउनुभएको छ । गरिब तथा विपन्न वस्तीमा विकासको लहर लैजाने दायीत्व पुरा गर्ने बताउनुभयो । उम्मेदवार घोषणा कार्यक्रममा राप्रपा केन्द्रीय सहमहामन्त्री तथा बागमती प्रदेश सांसद रिना गुरुङ, सहमहामन्त्री प्रेम बलायर, राप्रपा बागमती प्रदेशका उपाध्यक्ष ज्ञानुजंग लामा लगायतको सहभागिता रहेको थियो ।

सहमहामन्त्री रिना गुरुङले वडातहमा विकासको लहर ल्याउन राप्रपाका उम्मेदवारनै उपयुक्त विकल्प भएको दाबी गर्नुभयो । विकासमा राजनीति गर्नेबाट वडातहका समस्या समाधान नहुने भएकाले इमन्दार जनप्रतिनिधिको खाँचो रहेको बताउनुभयो । राप्रपाका बागमती प्रदेश उपाध्यक्ष ज्ञानुजंग लामाले कमिसन लिएर गरिएका कालोपत्रे विकास देखाएर भोट माग्न आउनेलाई यसपालीको चुनावमा जनताले नपत्याउने बताउनुभयो । राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले चितवनका ९८ वटै वडाका लागि उम्मेदवार घोषणा कार्यक्रम यही २० गतेभित्र पुरा गरिने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>