चितवन विशेष

खेलकुद महासंघ भरतपुर महानगर कमिटी गठन,अध्यक्षमा गुरुङ सर्वसम्मत

Banner

चितवन,चैत १२-

नेपाल खेलकुद महासंघ भरतपुर महानगरपालिकाको प्रथम अधिवेशनबाट योग बहादुर गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । गुरुङको अध्यक्षतामा २१ सदस्यीय कमिटी निर्वाचित भएको हो । नेकपा एमाले को जनवर्गिय सङ्गठन नेपाल खेलकुद महासङले यही वैशाख ५ गतेसम्म देश भरी नै जिल्ला तथा पालिका अन्तरगतका कमिटीहरू क्रियाशील बनाउने रणनीति लिएको छ ।

अहिलेसम्म सो पार्टीले सात प्रदेश तथा उपत्यका विशेष कमिटीको गठन गरिसकेको छ । स्थानीय निर्वाचनलाई समेत मध्यनजर गर्दै एमालेले महासंघका निवर्तमान उपमहासचिव धर्म बहादुर लामाको संयोजकत्वमा १००१ सदस्य चुनाव प्रचार प्रसार तथा निर्वाचन परिचालन कमिटी गठन गरिसकेको छ ।

महासंघका अध्यक्ष अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम) ले खेलकुदलाई मनोरञ्जन र अतिरिक्त क्रियाकलापका रूपमा मात्रै नलिएर मानव जीवनको अनिवार्य क्रियाकलापका रूपमा लिनुपर्ने बताए ।

कार्यक्रममा महासंघका निवर्तमान उपाध्यक्ष ओमकृष्ण प्रसाईँ, दीपेन्द्र दाहाल कोषाध्यक्ष विदुर शर्मा, उपमहासचिव धरम बहादुर लामा, उमेश के सी सचिव कपिल न्यौपाने,नेपाल खेलकुद महासंघका केन्द्रीय सचिवालय सदस्य पुष्प जोशी, केन्द्रीय सदस्य सुरज थपलिया महासङका बाग्मती अध्यक्ष सिताराम कार्की तथा नेकपा एमाले चितवन जिल्ला कमिटीका उपाध्यक्ष कमल पाठक, युवा नेतृ निशा अधिकारी लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>