Breaking News

चितवनमा यात्रुबहाक बस अनियन्त्रित भई पल्टिदा ३८ घाइते, तीनको अवस्था गम्भीर

Banner

चितवन,चैत १२-

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारामा काँकडभिट्टाबाट काठमाडौँतर्फ गइरहेको बा ५ ख ७९४२ नम्बरको यात्रुबहाक बस बिहान करिब ९ः२० बजेतरि अनियन्त्रित भई पल्टिँदा ३८ जना घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सम्पर्कमा आएका घाइतेमध्ये २५ जनाको फिस्लिङस्थित स्थानीय पोलिक्लिनिकमा उपचार भईरहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । उनीहरूको अवस्था सामान्य छ । बस चालकसहित ६ जनाको चितवनको पूरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । एक जनाको अवस्था गम्भीर छ भने चालकको अवस्था मध्यम छ ।

पाँच जनालाई उपचारको लागि ललितपुरस्थित बीएण्डबी अस्पताल लगिएको छ । पाँचमध्ये दुई जनाको अवस्था गम्भीर, तीन जनाको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको बुझिएको उनले बताए । सडकमा पल्टिएको बसलाई क्रेनको सहायताले हटाएर सडक खुला गरिएको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>