Breaking News

निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलको चाबी आज हस्तान्तरण हुँदै

Banner

पोखरा, चैत १२ 

निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलको चाबी आज हस्तान्तरण हुने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवालाई चाबी हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । विमानस्थलको काम ९३ प्रतिशत मात्रै पूरा भएको छ ।

अहिले उच्च पदस्थ विदेशमन्त्री आएको मौकामा निर्माण कम्पनीले काम नसकिँदै चाबी हस्तान्तरण गर्न लागेको हो । त्यसका लागि पोखरा विमानस्थलमा पनि कार्यक्रम आयोजना गरिएको छ ।

विदेशमन्त्री यीले काठमाडौंमै चाबी हस्तान्तरण गरेपछि भर्चुअल रुपमा पोखराबाट समेत कार्यक्रम गर्न लागिएको आयोजना प्रमुख विनेश मुनन्कर्मीले जानकारी दिए ।

‘सिम्बोलिक रुपमा चाबी हस्तान्तरण गर्न लागिएको हो । यसपछि काम सकिएको होईन, काम निरन्तर चल्छ,’ उनले भने, ‘सिभिल तर्फका काम करिब पूरा भैसकेको छ । चाबी हस्तान्तरणपछि काम रोकिने भन्ने होईन ।’ चीनको एक्जिम बैंकको ऋण सहयोगमा चिनियाँ कम्पनी सिएएमसीले २०७३ सालदेखि विमानस्थल निर्माण सुरु गरेको हो ।

यही १० जुलाईभित्र काम सकेर सरकारलाई हस्तान्तरण गर्ने तयारी थियो । अघिल्लो वर्ष नै सक्नुपर्ने काम कोरोनाका कारण १ वर्षपछि धकेलिएको हो । विमानस्थल हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्न नागरिक उड्ययन मन्त्री प्रेम आले पोखरा एयरपोर्ट आउने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>