चितवन विशेष

भरतपुर–११ मा ९७ बर्षकी बृद्धासहित ९१ जना काँग्रेस परित्याग गरी एमाले प्रवेश

Banner

चितवन,चैत १२-

चितवनको भरतपुर महानगरपालिका–११ मा ९१ जना काँग्रेसका कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन् । आज वडाको लामाटोलमा आयोजित कार्यक्रममा ९७ बर्षकी बृद्धा लालमती लामासहित ९१ जना एमाले प्रवेश गरेका हुन् । उनिहरुलाई एमालेका बागमती प्रदेश कमिटी सदस्य तथा सांसद विजय सुवेदी,सांसद कृष्णभक्त पोखरेल, प्रदेश कमिटी सदस्य तेजेन्द्र खड्का,पुरुषोत्तम न्यौपाने, सारदा कुमाल जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने,वडाध्यक्ष बाबुराम अधिकारीले खादा लगाएर स्वागत गरेका हुन् ।


एमाले प्रवेश गरेपछि ९७ बर्षिय लामाले यतिका बर्ष काँग्रेसमा भोट हाल्दै आएको भएपनि जीवनको उत्तरार्धमा नेकपा (एमाले) रोज्न मन लागेको बताउनुभयो । उहाँले भन्नुभयो,‘एमालेले मात्रै देशको विकास गर्न सक्छ, हामी जस्ता लाखौं बृद्धबृद्धाको हेरचाह र रेखदेख गर्न सक्छ ।’ उहाँले बृद्धभत्ताको व्यवस्था गरेका कारणपनि सबै बृद्धबृद्धाको मनमा नेकपा (एमाले) रहेको बताउनुभयो ।

‘जिन्दगीभर काँग्रेस भइयो, यहाँका सबैलाई काँग्रेस बन भनियो, तर अहिले आएर पो थाहा भयो, सुःख दुःखको पार्टी एमाले रहेछ’, उहाँले भन्नुभयो । पार्टी भनेको सधै जनतासंग हुनुपर्छ भन्दै उहाँले आफुहरुसंगै टोलका अधिकांस एमाले बनेको बताउनुभयो । एमाले प्रवेश गरेपछि उहाँ ‘सही पनि एमाले मै पनि एमाले’ बोलको गितमा नाच्नुभएको थियो ।

सो अवसरमा बोल्दै नेकपा (एमाले) बागमती प्रदेश कमिटी सचिव एवं प्रदेश सांसद विजय सुवेदीले एमालेमा बृद्धबृद्धादेखि युवायुवतीसम्मको आकर्षण बढेको बताउनुभयो । उहाँले पार्टीले संधै जनताको पक्षमा काम गर्ने भन्दै तीन बर्षको अवधिमा जनताले सम्झन लायक काम गरेको बताउनुभयो । नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जिल्लाव्यापी भइरहेको घरदैलो कार्यक्रममा एमाले प्रवेशको लहर चलेको बताउनुभयो । उहाँले एमालेप्रतिको आकर्षण र पार्टीका गतिविधिले गठबन्धनका दलहरु त्रसिएको दाबी गर्नुभयो ।

पाँच दिनसम्म गरिएको घरदैलो कार्यक्रममा प्रदेश,जिल्ला,महानगर,वडा र टोल कमिटीका नेताहरु ६ भागमा बाँडिएर २८ टोलमा घरदैलो गरेको नेकपा एमाले भरतपुर ११ का अध्यक्ष प्रकाश आचार्यले जानकारी दिनुभयो ।उहाँले यसअघि विभिन्न पार्टीमा प्रवेश गरेका भनिएका नेता कार्यकर्ता पुनः एमालेमा फर्किएको जानकारी दिनुभयो । छिट्टै विभिन्न टोलबाट सयौं कार्यकर्ता एमाले प्रवेश गराउने तयारी समेत गरिएको आचार्यले जानकारी दिनुभयो । उहाँले स्थानीय तहको चुनाव केन्द्रित घरदैलो कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन भूमिका खेल्नै पार्टीका सबै नेता कार्यकर्तालाई धन्यबाद ज्ञापन गर्नुभयो ।

भरतपुर ११ चितवनको सबैभन्दा बढि जनसंख्या भएको वडा हो । चैत ७ गतेबाट सुरु गरिएको घरदैलो कार्यक्रम आज समापन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>