खेलकुद

राष्ट्रिय महिला लिगः पुलिस, ललितपु र धनगढी विजयी

Banner

चितवन, चैत ११–

दोस्रो राष्ट्रिय महिला लिग फुटबलमा दोस्रो राष्ट्रिय महिला लिग फुटबलमा धनगढी, ललितपुर र नेपाल पुलिसले जित हात पारेका छन् ।

आज (शुक्रबार) भएको पहिलो खेलमा धनगढीले वालिङलाई ६–० ले को फराकिलो अन्तरले पराजित गर्‍यो । भरतपुर–१९ स्थित शारदानगर माविको मैदानमा भएको खेलमा धनगढीलाई जिताउन चन्द्रा भण्डारीले चार गोल गरिन् । अन्जना थुलुङ राई र सीमा रावलले समान एक÷एक गोल गरे ।

एकतर्फी खेलको १० औं मिनेटमा सीमाको गोलबाट धनगढीले अग्रता लियो । २९ औं मिनेटमा चन्द्राले गोल गर्दै धनगढीको अग्रता दोब्बर बनाइन् । ३५ औं मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा धनगढीलाई ३–० को अग्रता दिलाइन् ।

दोस्रो हाफमा धनगढीले तीन गोल थप्यो । दोस्रो हाफको दोस्रो मिनेटमा नै चन्द्राले हृयाट्रिक पूरा गरिन् । ७० औं मिनेटमा अन्जनाले धनगढीका लागि पाँचौ गोल गरिन् । ७३ औं मिनेटमा चन्द्राले व्यक्तिगत चौथो गोल गरेपछि धनगढीले ६–० को फराकिलो जित दर्ता गर्‍यो । चन्द्रा नै खेलको प्लेयर अफ दि म्याच भईन् ।

आजको दोस्रो खेलमा ललितपुरले चन्द्रपुरलाई १–० ले पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा बिष्णु साम्बाहाम्फेले गोल गरे । पहिलो हाफमा थप गरिएको ५ मिनेटको अन्तिम मिनेटमा बिष्णुले गोल गरिन् । उक्त गोल नै ललितपुरलाई जिताउन पर्याप्त भयो । खेलको प्लेयर अफ दि म्याच ललितपुरकी डिफेन्डर सृजना सिंह घोषित भईन् ।

तेस्रो तथा अन्तिम खेलमा नेपाल पुलिस क्लबले विराटनगरलाई २–० ले पाखा लगायो । पुलिसको जितमा दुबै गोल निर्मला उपाध्यायले गरिन् ।
खेलको १४ औं मिनेटमा निर्मला उपाध्यायले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिईन् । निरु थापाको क्रसमा विराटनगरकी गोलकिपर कल्पना कार्कीलाई बिट गर्दै निर्मलाले सुन्दर गोल गरिन् ।

७५ औं मिनेटमा निर्मलाले नै व्यक्तिगत दोस्रो गोल गरिन् । डि बक्स बाहिरबाट उनले गरेको शशक्त प्रहार विराटनगरकी गोलकिपरले बचाउन सकिनन् । निर्मला नै प्लेयर अफ दि म्याच भईन् ।

लिगमा आइतबार दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ः१५ बजे ललितपुर र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ भने दोस्रो खेलमा दिउँसो ४ः१५ बजे वालिङ र विराटनगर भिड्नेछन् ।
यस पटक लिगको पहिलो चरणका खेलहरु चितवनको भरतपुरमा आयोजना गरिएको हो । डबल राउण्ड एण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु भरतपुर १९ शारदानगर स्थित खेल मैदानमा हुनेछ । पहिलो चरणका खेलहरु चैत ३० गतेसम्म हुनेछ । दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ ।

लिग विजेताले २० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख पाउनेछ । तेस्रो हुने टोलीले पाँच लाख तथा चौथोले तीन लाख प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै फेयर प्ले टिमले एक लाख पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०–५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>