Breaking News
पौडेलले बोलाएको भेलामा शशांक उपस्थित,शेखर र प्रकाशमान गएनन्
०

काठमाडौं, चैत ११-
नेपाली कांग्रेस केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेलामा शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित भएका छन् । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिनका लागि पौडेलले बोलाएको बैठकमा कोइराला र सिंह अनुपस्थित भएका हुन् ।
काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूलाई बोलाएर केन्द्रीय समिति बैठकमा धारणा राख्नुअघि राय माग्नका लागि बोलाएको बैठकमा पूर्व महामन्त्री शशांक कोइराला भने उपस्थित भएका छन् । बैठक जारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























