समाज

फलोअप उपचारका लागि आज चीन जाँदै वर्षमान पुन

Banner

काठमाडौं,चैत ११-

माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त फलोअप उपचारका लागि आज चीन जाँदैछन् । पुन सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ ।

पुन दम्पत्तिसँगै उनको नियमित उपचारमा संलग्न डा.रोशन पोखरेल पनि चीन जाँदैछन् । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए ।

अनन्त फलोअप गराएर ४ दिनपछि स्वेदेश फर्किनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>