चितवन विशेष

विश्व किर्तिमानी निर्मल पुर्जालाई गृहनगर चितवनमा सम्मान

Banner

चितवन,चैत १०-

किर्तिमानी आरोही निर्मल पुर्जा आज (बिहीबार) गृहनगर नारायणगढमा सम्मानित भएका छन् । निर्मल पुर्जा अर्थात् निम्स दाइ सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर उचाईका विश्वका सबै १४ हिमशिखर कम समयमा आरोहण गरेर विश्व किर्तिमान कायम गरेका व्यक्ति हुन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा सन् १९८३ मा जन्मेका पुर्जाको बाल्यकाल र स्कुले जीवन चितवन रामनगरमा बितेको हो ।

उनका बाबु नन्दबहादुर पुर्जा अहिले पनि भरतपुर महानगरपालिका–१ रामनगरमै बस्छन् । नारायणगढ आँपटारीको स्मल हेभन स्कुलमा कक्षा १० पढेपछि निर्मल बेलायत गएका थिए । निर्मलले ब्रिटिस सेनामा १६ वर्ष बिताएका छन् । बिहीबार चितवन आएका उनलाई मध्याह्न भरतपुर विमानस्थलबाटै स्वागत गरेर बजार डुलाइएको थियो । साँझ नारायणगढ नारायणी किनारमा आयोजना भएको कार्यक्रममा उनी सम्मानित भए ।

भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले आरोही पुर्जालाई सम्मानित गरिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>