Breaking News

भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट प्रतियोगिता सुरु (फोटो फिचर)

Banner

चितवन, चैत १०–

चितवनमा आज (विहीबार)देखि प्रथम भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्सको आयोजनामा भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले अम्पायरलाई बल हस्तान्तरण गरेर उद्घाटन गरिन् । सो क्रममा बोल्दै उनले यस्ता प्रतियोगिताले क्रिकेट विकासमा महत्वपूर्ण सावित हुने बताइन् । पहिलोपटक चितवनमा यसखालको प्रतियोगिता आयोजना भएको भन्दै आगामि दिनमा धेरै भन्दा धेरै प्रतियोगिताहरु हुन आवश्यक रहेको बताइन् । उनले चितवन र मकवानपुर दुवै टिमलाई जितको शुभकामना दिइन् ।

लगातार तीन दिनसम्म चल्ने प्रतियोगिताको पहिलो दिनको समाप्तीमा मकवानपुर ६१ रनले पछाडी परेको छ । मकवानपुरले पहिलो दिन ३५ ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको छ । उसका लागि रामनरेश गिरीले ३१ र गौरव खड्काले २९ रन बनाए । चितवनका लागि स्पिनर कृजन गुरुङले ८ ओभरमा २६ रन खर्चिदै ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गरेको चितवनले ५५ ओभरमा ९ विकेटको क्षतिमा १७६ रन बनाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो । उसका लागि कप्तान दिपेश श्रेष्ठले ६७ र गौतम केसीले ३५ रन बनाए ।

मकवानपुरका लागि कप्तान रामनरेश गिरीले १३ ओभरमा ३३ रन खर्चिदै ५ विकेट लिए भने सुर्वण भट्टले १३ ओभर ३३ रन खर्चिदै ३ विकेट लिए । प्रतियोगिता शनिबार सम्म चल्नेछ । त्यसलगत्तै भरतपुर मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिता हुनेछ ।

प्रतियोगितालाई भरतपुर महानगरपालिकाले प्रवद्र्धन गरेको छ भने चितवन जिल्ला क्रिकेट संघले सहयोगी भूमिका निर्वाह गरेको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>