Breaking News

चैत १८ गते प्रधानमन्त्री देउवा भारत जाने, भ्रमणमा रेलसेवाको संयुक्त उद्घाटन गरिने

Banner

काठमाडौँ, चैत १०-

नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गतेदेखि २१ गतेसम्म भारतीय समकक्षी औपचारिक भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार प्रधानमन्त्री देउवाको भ्रमणबारे अहिले दुवै देशका परराष्ट्र मन्त्रालयले तयारी गरिरएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले नेपाल-भारत रेलसेवाको संयुक्त उद्घाटन गर्नेछन् । त्यस्तै पछिल्लो समय कोरोनाको तेस्रो लहरका कारण भाइब्रेन्ट गुजरात सम्मेलनमा स्थगित भएपछि प्रधानमन्त्री देउवा गत जनवरीमै भारत भ्रमण जाने कार्याक्रम रोकिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>