Breaking News

एउटै संस्थामा दुईथरी जनशक्तिः सीटीईभीटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाउने तयारी

Banner

काठमाडौँ, चैत ७-

शिक्षा मन्त्रालयले व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) तथा सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाउने भएको छ ।

एउटै संस्थामा दुईथरी पाठ्यक्रम र दुईथरी जनशक्ति उत्पादनको आलोचना हुन थालेपछि पाठ्यक्रम समायोजनको तयारी भएको हो ।

सामुदायिक विद्यालयमा केन्द्रको अनुदानमा पाठ्यक्रम विकास केन्द्रले तयार गरेको प्राविधिक धारको पाठ्यक्रम कक्षा ९ देखि १२ सम्म सञ्चालन हुँदै आएको छ । तिनै सामुदायिक विद्यालयमा कक्षा १० पछि सीटीईभीटीको तीन वर्षे डिप्लोमा कार्यक्रमसमेत सञ्चालित भएका छन् ।

शिक्षा मन्त्रालयका सहसचिव डा.हरि लम्सालका अनुसार प्राविधिक धारको पाठ्यक्रम समायोजनका लागि आन्तरिक रूपमा तयारी भएको छ। उनको अनुसार शिक्षा मन्त्रालयअन्तर्गतका केन्द्र र सीटीईभीटीमार्फत विद्यालयमा पाठ्यक्रम मात्र होइन, शिक्षकको अनुदान तथा तालिमसमेत फरक रूपमा सञ्चालन भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>