चितवन विशेष

चितवनको माडीमा १५ वर्षीया नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

Banner

चितवन,चैत ७-

चितवनमा एक विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडी नगरपालिका ५ का ३७ बर्षिय सुरज लामिछाने पक्राउ परेका हुन् । माडी १ बरुवास्थित सोमेश्वर उच्च माविका शिक्षक लामिछानेविरुद्ध सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया नाबिलाकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

नाबालिकाको आफन्तले जिल्ला प्रहरी कार्यालय चितवनमा हिजो (आइतबार) उनीविरुद्ध यौन दुर्व्यवहारको जाहेरी दिएका थिए । परिवारको जाहेरीपछि आइतबार नै उनलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>