चितवन विशेष

नेपाल उद्योग संघको अध्यक्षमा चितवनका डा. तिलचन्द्र भट्टराई निर्वाचित

Banner

चितवन,फागुन ५-

नेपाल उद्योग संघको अध्यक्षमा डा. तिलचन्द्र भट्टराई चयन भएका छन् ।आज (शनिबार) चितवनको सौराहमा भएको संघको दोश्रो साधारण सभा तथा अधिवेशनले सर्वसम्मतमा डा. भट्टराईको अध्यक्षतामा १५ पदाधिकारीसहित १०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षहरुमा सुनिल श्रेष्ठ, अर्जुनकुमार मैनाली, चिन्तामणी वास्तोला, महासचिवमा इश्वरबहादुर गुरुङ्ग, उपमहासचिवमा दुर्गाप्रसाद गौतम, देवेन्द्रप्रसाद चौलागाईं, कोषाध्यक्षमा राजकुमार बन्जारा, सचिवहरुमा शोभा कोइराला, शोभाकान्त बस्याल, बिक्रमलिम्बु चेम्जोङ, प्रेम बस्नेत रहेका छन् । अन्य पदाधिकारीको पछि मनोनयन गरिने गरी अधिवेशनको बन्दसत्र समापन गरिएको निर्वाचन समितिका अध्यक्ष भिमलाल पौडेलले जानकारी दिए । पदाधिकारीमा अधिकांश व्यक्तिहरु दोहोरिएका छन् । अध्यक्ष डा. भट्टराई र महासचिव गुरुङ्ग दोश्रो कार्यकालका लागि पुनः चयन भए ।

बन्दसत्र अघि भएको उद्घाटन सत्र तथा साधारण सभामा अध्यक्ष डा. भट्टराईले १० पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन सभाले पारित गरेको छ । यस्तै महासचिव इश्वरबहादुर गुरुङ्गले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको छ ।

अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, प्रतिनिधि सभा सांसद तथा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका अध्यक्ष एलबी शाम्बा लिम्बु, नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, विभिन्न जिल्लाबाट आएका संघका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

२०७० सालमा स्थापना भएको नेपाल उद्योग संघ नेकपा एमालेको जनवर्गीय संगठन हो । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको एक अंग हो । यस संघले ‘राष्ट्रिय उद्योगको विकास, लगानीको सुनिश्चितता समृद्धिमा हाम्रो प्रतिवद्धता, आजको आवश्यकता’ भन्ने नारालाई आत्मसाथ गर्दै अघि बढिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>