Breaking News
काँग्रेसले देशमा गरिबीका कारण कसैलाई मर्न दिँदैनः प्रदेश सभापति बाँनिया
०

चितवन,चैत ५-
नेपाली काँग्रेसका बागमती प्रदेश सभापति इन्द्र बहादुर बाँनियाले देशमा गरिबीका कारण कसैलाई पनि मर्नुपर्ने अवस्था आउन नदिने बताउनुभएको छ । आज (शनिवार) प्रजातन्त्रबादी चिकित्सक संघ बागमती प्रदेशको पदस्थापना तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो‘नेपाली काँग्रेस मानवताबादी पार्टी हो,इतिहाँसदेखि नै मानवको हितका लागि रक्तदान र बृक्षारोपण गर्दै आइरहेको छ ।’
उहाँले देशमा चिकित्सकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने पार्टीको योजना रहेको बताउनुभयो । उहाँले टोलटोलबाट डाक्टर बनाउने अभियान चलाउनुपर्ने भन्दै त्यसका लागि नेपाली काँग्रेस नेतृत्वको सरकारले योजना ल्याउने जानकारी दिनुभयो ।
उहाँले सबै डाक्टरहरुलाई प्रजातन्त्रबादी चिकित्सक संघमा आबद्ध हुन पनि आब्हान गर्नुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























