Breaking News

एमाले अब एमाले रहेन,बीमाले,सीमाले भन्नुस्ः माधवकुमार नेपाल

Banner

गोरखा,चैत ५-

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले र माओवादी केन्द्र एकता भई २०७५ मा गठन भएको नेकपाको निरन्तरता आफ्नो पार्टीले गरिरहेको बताएका छन् । केपी शर्मा ओली एमालेको अध्यक्ष भएर पार्टीलाई दुरुपयोग गरेको पनि बताए ।  गोरखामा शनिबार आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष नेपालले भने,मूलधारको पार्टी हाम्रो हो । मूलधारको पार्टी हुनाले अहिले हाम्रो पार्टीको महत्व जनताले बुझिसकेका छन् । हामीले विद्रोह गरेर निर्माण गरेको पार्टी नेकपाको निरन्तरता हो । नेकपा एमाले अब एमाले रहेन । बीमाले,सीमाले भन्नुस् । सूर्यमा ग्रहण लागिसकेको छ ।

एकीकृत समाजवादी पार्टी मूलधारको पार्टी भएको उनको दाबी थियो । एकीकृत समाजवादीको महत्व जनताले बुझिरहेको पनि नेपालको भनाइ थियो । पार्टी अहिले सुदूरपश्चिम र मधेस प्रदेशमा सबैभन्दा ठूलो रहेको र प्रदेश १ र बागमतीमा सरकारको नेतृत्वमा रहेको पनि उनले बताए । एमाले छोडेर एकीकृत समाजवादीमा आउने नेता र कार्यकर्ताको ठूलो पंक्ति आइरहेको पनि नेपालको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>